मधेस प्रदेश : सिरहाको लहानमा करेन्ट लागेर एक शिक्षकको मृत्यु
मिति: २०२५-०९-२० , समय : १७:४१:०५ , सियाराम यादव
मिति: २०२५-०९-२० , समय : १७:४१:०५ , सियाराम यादव
तस्बिर : सियाराम यादव / गामघर टिभि
सियाराम यादव
लहान । मधेस प्रदेशको सिरहाको लहान नगरपालिका वडा न.२३ गाढा गाउँमा धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जना शिक्षककाे मृत्युु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका शिक्षक बिजेन्द्र कुमार सहनी (३८) को शनिबार मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान करिब ११:३० बजे खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका सहनीलाई तत्काल उद्धार गरी लहानस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारअघि नै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित मिति: २०२५-०९-२० , समय : १७:४१:०५ , 2 months अगाडि