बडादशैँको अवसरमा सप्तरीको छिन्नमस्ताकाे बरहिमा भव्य कलश यात्रा : रम्पुरा मल्हनियाकाे बोर्डरमा पनि कलश यात्रा

मिति: २०२५-०९-२३ , समय : ०८:०२:०७ , शुभ नारायण यादव

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादव

राजविराज । बडादशैँको अवसरमा सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. १ बरहि बिरपुरमा भव्य कलश यात्रा निकालिएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि सयौंको सहभागीतामा छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि थान पाेखरिमा दुर्गा भगवतीकाे मुर्ति बनाएर वडा दशै मनाउने गरेको तथा साेहि अवसरमा भव्य कलश यात्रा निकालिएको हाे ।
यस्तै बडादशैँको घटस्थपनासँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१४ स्थित रम्पुरा मल्हनिया, बोर्डरमा सोमबार बृहत् कलश यात्रासहित दुर्गा पूजा भव्य रूपमा सुरु गरिएको छ ।
वडाध्यक्ष कृष्णकुमार यादवको अगुवाइमा निकालिएको कलश यात्रा नगरको रम्पुरा, मल्हनियाँ हुँदै डलवाको कोशी तटबन्धमा पुगेर कलश भर्ने र पुनः दुर्गा मन्दिरमा स्थापना गर्ने परम्पराअनुरूप सम्पन्न गरिएको हो ।
कलश यात्रासँगै बोडरमा रामलिला, प्रवचन, मेला तथा विभिन्न सांस्कृतिक–मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
शारदीय नवरात्र अर्थात् बडादशैँको पहिलो दिन घटस्थापनासँगै सप्तरीका दुर्गा मन्दिरहरू फूलमालाले सजाइएका छन् । गाउँ–गाउँमा दुर्गा भगवतीको कलात्मक मूर्ति स्थापना गर्दै पूजा आराधना सुरु भएको छ । विशेषगरी सप्तमी र अष्टमीका दिन ठूलो संख्यामा भक्तजनहरूको भीड हुने भएकाले स्थानीय प्रशासनले कुनौली, रम्पुरा, मल्हनियाँलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाएको सप्तरी प्रहरीले जनाएको छ ।
मन्दिरमा भक्तजनलाई सहजता मिलोस् भन्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको छ । यसैक्रममा मन्दिरमा पूजासँगै पण्डित रामकुमार शास्त्रीद्वारा भजन–सन्ध्याको विशेष कार्यक्रम पनि आयोजना हुने भएको छ ।
दशहरा प्रारम्भसँगै सप्तरीको सदरमुकाम राजविराज, हनुमाननगर, भारदह, डाक्नेश्वरी पातो लगायतका बजार क्षेत्रहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको देखिएको छ ।

प्रकाशित मिति: २०२५-०९-२३ , समय : ०८:०२:०७ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित