वडा दशैकाे आठौँ दिन : महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

मिति: २०२५-०९-३० , समय : ०७:५१:३८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठहरुमा आज पनि भक्तजनको घुइँचो छ ।


नवरात्रको सातौं दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि सुरु हुने भएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादशैंको विशेष रौनक पनि सुरु भएको छ । वडा दशैकाे अवसरमा बुधबार नवाे दिन सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका स्थित भारदहकाे कङ्कालिनि मन्दिरमा राङ्गाकाे बलि प्रदान गर्ने मन्दिर समितिले जनाएको छ । साे मन्दिरमा नेपाल सहित छिमेकी भारतबाट हजारौं भक्तजन पुजापाठ गर्न आउने गरेको छ ।

प्रकाशित मिति: २०२५-०९-३० , समय : ०७:५१:३८ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित