सप्तरीको खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही तथा सरुवाको माग
मिति: २०२५-१०-०९ , समय : १९:३८:२० , गामघर डेस्क
मिति: २०२५-१०-०९ , समय : १९:३८:२० , गामघर डेस्क
तस्बिर : देबराम / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीको खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई कारबाही गरी अविलम्ब सरुवाको माग गरिएको छ । खडक नगरपालिकाका विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सोनुलाई कारबाही गरि अविलम्ब सरुवा गर्न माग गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सोनु अख्तियारी नदिएको बहानामा कार्यालयमा उपस्थित नहुने तथा राजनीतिक कार्यकर्ताको घरदैलो कार्यक्रममा व्यस्त रहने गरेको विभिन्न विद्यालयका प्रधानाध्यापकद्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तिमा आरोप लगाइएको छ । विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत सोनुले सप्रादायिकता भड्काउने जस्ता क्रियाकलाप गरि नगरपालिकाको बदनाम गर्ने कार्य गरेको उल्लेख छ । 
प्रमुख प्रशासकीय अधिकृत सोनुले एकदुइजना शिक्षकलाई उचालेर तालाबन्दी गर्न लगाइएको तथा विद्यालय बन्दको कपोल कल्पित भ्रम सिर्जना गराएको भन्दै विज्ञप्तिमा घोर आपत्ति प्रकट गरिएको छ । 
तेईस विद्यालयका प्रधानाध्यापकद्वारा हस्ताक्षरीत विज्ञप्तिमा नगरपालिकाको बाताबरण खल्बल्याउनमा स्टेनवाजी गर्ने गराउने कार्यमा सोनुको प्रत्यक्ष सहभागी हुने गरेको भन्दै तत्काल कारबाही गरि सरुवा गरिदिन सम्बन्धित निकायसंग आग्रह समेत गरिएको छ ।
विगत कही दिन यता नगर प्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृत वीच द्वन्द सिर्जना हुँदा दशैमा कर्मचारीहरु तलवभत्ताबाट बन्चित भएका छन् भने नगरपालिकाको कामकारबाही अस्तव्यस्त भएको छ ।
प्रकाशित मिति: २०२५-१०-०९ , समय : १९:३८:२० , 2 months अगाडि