सप्तरीको अग्नीसाइरका शिक्षक, कर्मचारी र गाउँपालिका वीच सहमति : आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

मिति: २०२५-१०-१८ , समय : २१:१५:१० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीद्वारा गाउँपालिका र वडा कार्यालयहरुमा लगाइएको ताला खोल्ने सहमति भएको छ । शनिबार आन्दोलनरत शिक्षक, कर्मचारी र गाउँपालिकाको प्रतिनिधि वीच भएको दुईपक्षीय वार्तामा सो सहमति भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको व्यस्थापन गरेकाले तलवभत्ता व्यवस्थापनमा सहयोग गर्नका लागि कार्तिक १५ गते सम्म तलवभत्ता व्यस्थापन गर्ने उक्त अवधिमा प्राप्त नभएमा त्यो भन्दा कडा आन्दोलन गर्ने र मिति २०८२÷०७÷०२ गते आईतवार सबै कार्यालयहरुमा लगाएको ताला खोल्ने दुईपक्षीय सहमती भएको ४ का वडाध्यक्ष तेज नारायण यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
सहमतीमा गाउँपालिकाको तर्फबाट अध्यक्ष दिनानाथ चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादव र आन्दोलनरत पक्षबाट शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरुले संयुक्त हस्ताक्षर गरेका छन् ।
गत मंगलबारदेखि तलवभत्ता माग गर्दै शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले गाउँपालिकाको मुलगेटमा अध्यक्ष,उपाध्यक्ष र सम्पुर्ण शाखाहरु तथा ६ वटै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति: २०२५-१०-१८ , समय : २१:१५:१० , 19 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्