तोपाका स्थानीयवासीद्वारा सडक मर्मतको माग गर्दै चक्का जाम : सम्बन्धित निकाय बेखबर
मिति: २०२५-१०-२२ , समय : १५:५४:४७ , रबि शर्मा
मिति: २०२५-१०-२२ , समय : १५:५४:४७ , रबि शर्मा
रबि शर्मा
राजविराज ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा न.८ तोपा क्षेत्रको सडक अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ।
सडकभरि खाल्डाखुल्डी र धुलोका कारण स्थानीय बासिन्दाहरूलाई दैनिक आवतजावतमा निकै कठिनाइ भइरहेको छ।
यातायात अवरुद्ध हुने, सवारी साधन बिग्रिने र धुलोका कारण स्वास्थ्यसम्बन्धी समस्या समेत बढेको गुनासो स्थानीयहरूले गरेका हुन्।
यता सडक सुधारका माग गर्दै तोपाका स्थानीयवासीहरूले आज चक्का जाम समेत गरेका छन्। साथै उनीहरूले सम्बन्धित निकायलाई तत्काल सडक मर्मत गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: २०२५-१०-२२ , समय : १५:५४:४७ , 12 hours अगाडि