सप्तरीको अग्नीसाइरकी कार्यबाहक अध्यक्ष चौधरीद्वारा पदभार ग्रहण
मिति: २०२५-११-०८ , समय : ०७:४३:४० , गामघर डेस्क
मिति: २०२५-११-०८ , समय : ०७:४३:४० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिानाथ चौधरीले पदबाट राजिनामा दिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले कार्यबाहक अध्यक्षको पदभार ग्रहण गरेकी छन् । गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रमको वीच उहाँले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन् ।
कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, वडाअध्यक्षहरु सवजुल खलिफा, पशुपति प्रसाद चौधरी, गोपाल प्रसाद चौधरी, तेज नारायण यादव, अशोक कुमार आचार्य, कर्मचारी, समाजसेव, बुद्धिजीवीहरुले फुल माला टीका लगाएर बधाई तथा शुभकामना दिएका छन् ।
पदभार ग्रहण गर्दै कार्यबाहक अध्यक्ष चौधरीले आफुले पाएको जिम्मेवारीलाई कुसलता पूर्वक पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन । गाउँपालिकाको तमाम समस्यालाई प्राथमिकरण गरि समाधान गर्ने उहाँले बताइन् । जनताको विश्वास र मायालाई खेर जान नदिने बताउन्हुँदै कार्यबाहक अध्यक्ष चौधरीले आम जनताको निराशालाई आशामा बदल्ने प्रतिवद्वता ब्यक्त गरिन।
सुशासन र विधिको शासन कायम गरि गाउँपालिका मातहतका सबै कार्यालयहरुबाट दिने सेवा सुविधालाई थप प्रभाकारी बनाउँदै बितीय पारदर्शीतालाई बलियो बनाउँन सबै क्षेत्र पक्षसंग समन्वय र सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट दिएको राजिनामा आफै स्वीकृत गर्दै उपाध्यक्ष चौधरी कार्यबाहक अध्यक्ष बनेकी हुन्। उहााले विवादका वीच कार्यबाहक अध्यक्षको पदभार सम्हालेकी छन् ।
गाउँपालिका अध्यक्ष चौधरीले आफुले राजिनामा नदिएको तथा झुक्याएर राजिनामा पत्रमा हस्ताक्षर गराएको भन्दै जबर्जस्ती भए कानूनी उपचार खेज्ने बताउनु भएको छन् ।
प्रकाशित मिति: २०२५-११-०८ , समय : ०७:४३:४० , 3 weeks अगाडि