सप्तरीबाट झण्डै ९ सय ७८ किलो गाँजासहित १ जना पक्राउ

मिति: २०२५-११-२१ , समय : १९:३७:३९ , निकेश साह

तस्बिर : निकेश साह / गामघर टिभि

निकेश साह

सप्तरी ।
सप्तरीमा ९ सय ७८ किलो गाँजासहित १ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको फत्तेपुर – भारदह सडकखण्ड अन्तर्गत कञ्चनरूप नगरपालिका २ स्थित बरमझियाबाट विहीबार राति उक्त परिणामको लागू औषध गाँजा सहित धरान उप महानगरपालिका १३ का २५ वर्षिय संजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक डम्बर वहादुर पूरी र इलाका प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले नेतृत्वमा संयुक्त रुपमा खटेको प्रहरी टोलीले लागु औषध गाँजासहित श्रेष्ठलाई राती साढे दश बजे पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बरमझियामा ना५ ख ५३५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९ सय ७८ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रक, गाँजा र चालक श्रेष्ठलाई पक्राउ गरी लागू औषध कसुरमा सप्तरी जिल्ला अदालतबाट शुक्रवार ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-११-२१ , समय : १९:३७:३९ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित