सप्तरीको कञ्चनरुपमा भीषण आगलागी हुदा १० लाख भन्दा बढीको क्षति

मिति: २०२५-११-२४ , समय : १६:५४:३४ , निकेश साह

तस्बिर : निकेश साह / गामघर टिभि

निकेश साह

बरमझिया । सप्तरीको कञ्चनरुप नगरपालिका–८, गुवास टोलमा भएको भीषण आगलागीले करिब १० लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। गत आइतबार राति करिब १ बजे तार सर्ट भएर अचानक आगलागी सुरु भएको स्थानीयले बताए।
आगलागीबाट पीडित मोहम्मद मनसुरीको घरमा रहेका धन–सम्पत्ति पूरै जलेर नष्ट भएका छन् ।
उनका अनुसार बुढीको १२ भरिको सिक्री, २२ भरिको कारा, करिब २ आना सुन, साथै कान्छा छोरालाई विदेश पठाउनका लागि स्थानीय सहयोगी बचत तथा ऋण सहकारीबाट उठाएको २ लाख ५० हजार रुपैयाँ समेत जलेर नष्ट भएको छ । पीडित मनसुरीका अनुसार आगो लागेको थाहा पाउँदासाथ परिवारका सदस्यहरू बाहिर निस्किए पनि घरभित्र रहेका मूल्यवान सम्पत्ति, गरगहना, खाद्यान्न र नगद केही पनि जोगाउन सकिएन ।
त्यस्तै, घरभित्र रहेका दाराज, पलङ, बुहारीको २० भरिको कारा, २ आना सुन, करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सरसामान, १० बोरा चामल, ५ बोरा गहुँ लगायतका उपभोग्य सामग्री पनि सबै जलेर खरानी भएको मनसुरीले अबलोकित दैनिकका प्रतिनिधिलाई आँसु झार्दै बताए । सबै लत्ताकपडा जलेपछि जाडो भएकैले छिमेकीले आफ्ना लत्ताकपडा दिएर सहयोग गरेका छन् मंसुरीले बताए ।
स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भएपनि ठूलो मात्रामा भएको क्षतिले पीडित परिवार संकटमा परेको छ। सम्बन्धित निकायले क्षतिपूर्ति तथा सहयोगका लागि पहल गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रकाशित मिति: २०२५-११-२४ , समय : १६:५४:३४ , 7 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित