सप्तरी युथ नेपालद्वारा राजविराजका मगर परिवारलाई सहयोग
मिति: २०२५-१२-३० , समय : २०:३७:४५ , गामघर डेस्क
मिति: २०२५-१२-३० , समय : २०:३७:४५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा न.५ का एक विपन्नको परिवारका अभिभावककै निधन भएपछि सप्तरी युथ नेपालले विभिन्न सामान सहयोग गरेको छ ।
राजविराज नगरपालिका ५ का अनबहादुर आलेको निधन भएपछि परिवारलाई छाँक टार्न समस्या भइरहेको समाचार संचार माध्यममा आएपछि सप्तरी युथ नेपालका युवाले मङ्गलवार सहयोग गरेका हुन् ।
नगद ५ हजार ५०, चामल २५ किलो, दाल पाँच किलो, आलु ५० किलो, चना पाँच किलो, त्रिपाल एक थान, बल्यांकेट दुई थान, भुजा पाँच किलो, खाने तेल पाँच लिटर र विभिन्न किसिमका मसाला सहयोग गरिएको सप्तरी युथ नेपालका कावा अध्यक्ष मोहन यादवले जानकारी दिनु भयो ।
उहाँले सप्तरी युथ नेपालका पदाधिकारीले आफैं रकम संकलन गरि मगर परिवारलाई सहयोग गरेको बताउनु भयो ।
७२ बर्षको उमेरमा मगरको निधन भएपछि उहाँका माइली छोरी १८ बर्षकी इनिशा र कान्छी १६ बर्षकी एरिका किरियापुत्री बसेकी छन् ।
कृया खर्च जुटाउन समस्या भैरहेको निधन भएकाका पत्नी दीपाको प्रतिक्रियापछि उहाँको परिवारलाई सहयोग दिन शुरु भएको छ ।
प्रकाशित मिति: २०२५-१२-३० , समय : २०:३७:४५ , 2 weeks अगाडि