चिसो बढेपछि सप्तरीमा सात पालिकाका सम्पूर्ण विद्यालय बन्द

मिति: २०२५-१२-३० , समय : २०:४९:३५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
केही दिन यता तराई मधेसका जिल्लाहरुमा अत्यधिक बढेको शीतलहरसँगै चिसो हावाको कारण जनजीवन प्रभावित बन्न थालेपछि यहाँका विद्यालयहरु बन्द हुन थालेका छन् ।
शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थाले पछि यहाँका विद्यालयहरु बन्द हुन थालेको हो ।
जिल्लाको कञ्चनरुप , सप्तकोशी , राजविराज ,डाकनेश्वरी नगरपालिका ,अग्नीसाइर कृष्णासवरन ,राजगढ र महादेवा गाउँपालिकाले सूचना जारी गरेर विद्यालयको अध्यापन कार्य बन्द रहने जनाएको छ ।
शिक्षा शाखाका शाखा अधिकृत प्रेमकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा जाडो÷ चिसो बढेकोले जाडो विदामा कटौती हुने गरि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा ३ दिनका लागि विदा दिने जनाउनुभएको छ ।
‘जडोयाम शुरु भएसंगै यस पालिका क्षेत्रमा समेत चिसो÷जाडो वढेकाले जाडो विदाबाट कट्टा हुने गरि मिति २०८२/०९।१६ देखि २०८२/०९/८(१८ गते सम्म ३ (तीन) दिनको लागि विद्यालयमा विदा गर्नुहुन जानकारीको लागि अनुरोध छ।’ नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
बाक्लो कुहिरोसंगै शीत लहरी बढेपछि सप्तरीका आधा दर्जन गाउँपालिकाले विद्यालयमा विदा दिएको छ ।
यस्तै, सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको छ । गाउँपालिकाद्वारा सोमबार एक सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा विदा दिएको जानकारी गराएको हो ।
कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा जाडो÷ चिसो बढेकोले जाडो विदामा कटौती हुने गरि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा ३ दिनका लागि विदा गर्न निर्देशन दिइएको छ ।
‘जडोयाम शुरु भएसंगै यस पालिका क्षेत्रमा समेत चिसो÷जाडो वढेकाले जाडो विदाबाट कट्टा हुने गरि मिति २०८२/०९ ।१६ देखि २०८२/०९/८(१८ गते सम्म ३ (तीन) दिनको लागि विद्यालयमा विदा गर्नुहुन जानकारीको लागि अनुरोध छ।’ गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
यसै विच यस्तै, सप्तरीको महादेवा गाउँपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको छ । गाउँपालिकाद्वारा सोमबार एक सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा विदा दिएको जानकारी गराएको हो ।
अध्यक्ष सुनिलकुमार मण्डलद्वारा हस्ताक्षरित सूचनामा जाडो÷ चिसो बढेकोले जाडो विदामा कटौती हुने गरि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा ३ दिनका लागि विदा गर्न निर्देशन दिइएको छ ।
‘जडोयाम शुरु भएसंगै यस पालिका क्षेत्रमा समेत चिसो/जाडो वढेकाले जाडो विदाबाट कट्टा हुने गरि मिति २०८२/०९ ।१६ देखि २०८२/०९/८(१८ गते सम्म ३ (तीन) दिनको लागि विद्यालयमा विदा गर्नुहुन जानकारीको लागि अनुरोध छ।’ गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै गरी सप्तरीको सप्तकोशी नगरपालिकाले शीतलहरका कारण अत्यधिक जाडो बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरूको नियमित पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठक पुस १६ गतेदेखि २१ गते सम्म विद्यालय विदा दिने निर्णय गरेको हो ।
सप्तकोशी नगरपालिकाले एक सूचना जारी गर्दै विगत केहि दिनदेखि बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाहरुमा हुन सक्ने स्वास्थ्य सम्बन्धि जोखिमलाई मध्य नजर गरि अगामी चार दिनका लागि नगरपालिका भरिका सम्पूर्ण विद्यालय बिदा दिइएको जनाएको छ ।
शिक्षा अधिकृत जय प्रकाश आनन्द चौधरीले जारी गरेको सूचनामा भनिएको छ ‘यही पुस १६ देखि २० गतेसम्मका लागि विद्यालय बन्द रहने छ । हिउँदे तथा वर्षे विदावाट कट्टा हुने गरी जाडो विदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादव, कञ्चनरुपका शिक्षा शाखा प्रमुख प्रेमकुमार चौधरीले जारी गर्नुभएको सूचनामा पुस १८ गते सम्मका लागि सबै विद्यालय बन्द रहने उल्लेख छ ।
यस्तै डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डल तथा राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले सूचना जारी गर्नुहुँदै पालिकाअन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिनुभएको छ ।
बाक्लो कुहिरोसंगै शीत लहर बढेपछि सप्तरीका आधा दर्जन गाउँपालिकाले विद्यालयमा विदा दिएको छ ।
सप्तरीमा विगत दुई सातादेखि शीतलहरसँगै चिसो बढेको र पाँचदिनदेखि लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ भने बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, वृद्धा,पशु चौपाया लगायत प्रभावित भएका छन् ।

प्रकाशित मिति: २०२५-१२-३० , समय : २०:४९:३५ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित