सामानुपातिक सिट दुरुपयोग भईरहेको नेपाली कम्युनिष्ट पार्टीका नेता विमलको आरोप
मिति: २०२६-०१-०४ , समय : १४:१६:५५ , गामघर डेस्क
मिति: २०२६-०१-०४ , समय : १४:१६:५५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
नेपाली कम्युनिष्ट पार्टीबाट सामानुपातिकका उम्मेदवार सिफारिस भएका पूर्व मधेस प्रदेस सदस्य छेदी रजक(विमल)ले सामानुपातिक सिट दुरुपयोग भईरहेको आरोप लगाउनु भएको छ । उहाँले आईतवार सामाजिक सञ्जालमा सो आरोप लगाएका हुन । उहाँका अनुसार समानुपातिक सिट भनेको जो जो समुदाय आर्थिक रूपमा ,राजनैतिक रूपमा र समाजिक रूपमा पछाडि पारिएका छन त्यस्ता वर्ग र समुदाय लाई दिने कोटा रहेको बताउनु भयो । उहाँले यसका लागी मुलुकमा १० वर्षे महान जनयुद्ध भएको थियो । अहिले यसलाई यति विकृत (कुरुप ) बनाइदिको छ कि आम मानिसहरुलाइ नै घृणा भैराखेको बताउनुहुदै हामी कहाँ अहिले अर्को विकल्प नभएकोले केही मानिसहरु र दलहरू यो व्यवस्थालाई नै भत्काउन न्वारान देखीको बल लगाइरहेका बताउनु भयो ।आफुलाइ नयाँ दल भन्नेहरु पनि फरक ढंगले जाने सकेन, त्यसैले यो व्यवस्थालाई जोगाइ राख्न र थप सुधार गर्न नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा हो,यसैमा सबै को भलो छ रास्ट्रको भलो रहेकोले यसमा बढी भन्दा बढी सङ्घियता ,सामानुपातिक, समाबेशी पक्षधरलाई मतदान गर्न आग्रह गर्नु भयो ।
प्रकाशित मिति: २०२६-०१-०४ , समय : १४:१६:५५ , 2 weeks अगाडि