स्थानीय युवाकाे पहलमा सप्तरीको बरमझियामा सरसफाइ अभियान
मिति: २०२६-०१-१० , समय : २०:२०:०३ , निकेश साह
मिति: २०२६-०१-१० , समय : २०:२०:०३ , निकेश साह
तस्बिर : निकेश साह / गामघर टिभि
निकेश साह
बरमझिया । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.२ बरमझिया क्षेत्रमा शनिबार सरसफाइ अभियान सन्चालन गरेकाे छ। सरसफाइ अपनाऔं, स्वस्थ कञ्चनरुप बनाऔ तथा युवाको पहल, सफा र सुन्दर कञ्चनरुप” बनाउ नाराका साथ आयोजना गरिएको अभियान युवाहरूको सक्रिय पहलमा सम्पन्न भएको हो।
नगरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको सहयोग रहेको थियो। कार्यक्रममा स्थानीय युवा, समाजसेवी, प्रहरीकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो। 
सहभागीहरूले खेल मैदान, चोक बजार क्षेत्र, सार्वजनिक स्थल, नाली तथा आसपासका क्षेत्रमा जम्मा भएको फोहर सङ्कलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरेका थिए। अभियानमार्फत सरसफाइप्रति स्थानीयस्तरमा जागरुकता फैलाउन सहयोग पुगेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले सरसफाइ केवल सरकार वा कार्यालयको जिम्मेवारी मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएकोमा जोड दिएका छन्। साथै नियमित सरसफाइ, फोहर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणका विषयमा समेत सचेतना फैलाइएको जनाइएको छ। 
यस्ता अभियानले नगर क्षेत्रलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउन महत्वपूर्ण योगदान पुग्ने भन्दै स्थानीय बासिन्दाले युवाहरूको पहलको प्रशंसा गरेका छन्। यता आयोजक युवाहरूले आगामी दिनमा पनि निरन्तर रूपमा सरसफाइ अभियान सञ्चालन गरी कञ्चनरुपलाई उदाहरणीय नगर बनाउने लक्ष्य लिएको छन्।
प्रकाशित मिति: २०२६-०१-१० , समय : २०:२०:०३ , 5 days अगाडि