सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा सन्चालित महुली फुटवल गोल्डकप खेलमा तालतलिया विजयी
मिति: २०२६-०१-३१ , समय : २१:३६:४३ , गामघर डेस्क
मिति: २०२६-०१-३१ , समय : २१:३६:४३ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा दोश्रो महुली फुटवल गोल्डकप खेल सुरु भएको छ । महुली फुटबल क्लब महुली सप्तरीद्वारा दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको हो ।
आयोजक समितिका अध्यक्ष अमित राना मगरको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि पूर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले एक समारोहका वीच उद्घाटन गरेका हुन् ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोगमा संचालित प्रतियोगिता खेलमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, ४ का वडाध्यक्ष तेज नारायण यादवलगायतका उपस्थिति थिए ।
प्रतियोगितामा तालतलिया एफसी इटहरी सुनसरी विजयी भएको छ । पथरी ११ एफसी पथरी मोरङलाई ०–१ गोलान्तरले पराजित गर्दै तालतलिया सुनसरीले जितको सुरुवात गरेको हो ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० मिनेटको पहिलोहापमा दुबै टिमको तर्फबाट गोल हुन सकेन । खेलको दोश्रो हापको ४२ औं मिनेटमा तालतलियाका जर्सी नम्बर ४ का पूजन चौधरीले गरेको गोल निर्णायक बन्न पुग्यो ।
राष्ट्रिय मावि रतवलाको खेलमैदानमा आयोजित उद्घाटन खेलमा पाथरी एफसी पथरीका जर्सी नम्बर ४ का पूजन चौधरी म्यान अफ द म्याच घोषित भएका छन । उहाँलाई ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । 
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई क्रमशः १ लाख १ हजार १ सय ११ र ५१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा पथरी ११ एफसी पथरी मोरङ्ग, तालतलैया एफसी इटहरी सुनसरी,आयोजक महुली फुटबल क्लब महुली सप्तरी,डिडिवाइसी बेल्टार उदयपुर,गोलबजार स्पोट्र्स क्लब गोलबजार सिरहा, ब्रोदर्स युथ क्लब दुधौली सिन्दुली,इनरुवा एफसी इनरुवा सुनसरी र फ्यूजन एफसी गाइघाट उदयपुर गरि ८ वटा टिम सहभागी छन् ।
प्रकाशित मिति: २०२६-०१-३१ , समय : २१:३६:४३ , 3 days अगाडि