जनमत पार्टीका सप्तरी जिल्ला अध्यक्षमा ई.संजीव नारायण यादव
मिति: २०२६-०३-२८ , समय : २०:०९:१८ , गामघर डेस्क
मिति: २०२६-०३-२८ , समय : २०:०९:१८ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज । जनमत पार्टीका सप्तरी जिल्ला अध्यक्षमा ई.संजीव नारायण यादव चुनिएका छन् ।
सप्तरीको सदरमुकाम राजविराज स्थित शाह धर्मशालामा आज जिल्ला समन्वय समितिका पदाधिकारीकारीको बैठकले यादवलाई पार्टीका पाँचजना प्रतिनिधिले जिल्ला अध्यक्षमा चयन गरेका हुन्।
सम्पन्न बैठकले अध्यक्ष, दुई जना उपाध्यक्ष , एक सचिव , दुई सहसचिव र कोषाध्यक्ष सहित पाँचजना जिल्ला पदाधिकारीको समेत चयन गरेका छन् ।

उक्त कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता तथा अर्थमन्त्री महेश प्रसाद यादव, हनुमान कङ्कालिनि नगरपालिकाका नगर प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र माझी ,पूर्वमन्त्री सखिल अलि , पूर्वमन्त्री शम्भु शाह, प्रचार प्रचार समितिका संयोजक उपेन्द्र शाह, पार्टीका जिल्ला समन्वय समिति बैठकको अध्यक्ष तथा जिल्ला इन्चार्ज रामगमन शाहको उपस्थिति रहेको थियो।

उपाध्यक्ष राजकुमार गायन , महिला उपाध्यक्ष चनादेवी दास , सचिव, अनेश्वर दास, सहसचिव बालेश्वर शाह र महेश देव तथा कोषाध्यक्षमा नरेश अधिकारी चुनिएका छन् । यसअघि सप्तरीमा जिल्ला इन्चार्ज रामगमन शाहले चलाउँदै आएको थियो ।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : २०:०९:१८ , 4 hours अगाडि