समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपिडित दलित परिवारलाई राहत वितरण
मिति: २०२६-०४-१७ , समय : ०८:२०:५८ , गामघर डेस्क
मिति: २०२६-०४-१७ , समय : ०८:२०:५८ , गामघर डेस्क
तस्बिर : समाजसेवी इन्जिनियर सुर्य नारायण यादवकाे सहयोगमा
गामघर डेस्क
राजविराज । समर्पित स्व.डा.शशी कुमार यादवकाे सम्मानमा आगलागिबाट आहतलाई राहत वितरण गरेको छ ।
सहयोगि हातहरूको अग्निपीडित सदा परिवारलाई एउटा सानो सहयोग स्वरुप सप्तरीका समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले अग्निपिडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको हाे । 
घर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागिबाट सर्वस्व गुमाई विच्चलीमा रहेको सप्तरीको महदेवा गाउपालिका वडा न.४ परसाहि सदा टोलको अग्निपीडित बैद्यनाथ सदाकी पत्नी संगीता सदालाई राहत स्वरूप त्रिपाल, खाद्यान्न,थाल, गिलास, कराहीं,डेकची,पन्यु, बाल्टिन,मग, म्याट्रेस लगायतका सामाग्रीहरु वितरण गरेको छ । संस्थाको तर्फबाट संस्थाको अध्यक्ष समाजसेवी ई.सूर्य नारायण यादवले प्रदान गर्नुभयो ।
आगलागिबाट घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेसर खरानी हुनुका साथै १थान भैंसी पनि जलेर झण्डै २लाख भन्दा बढिको क्षति भएको थियोे । 
उक्त राहत वितरण कार्यक्रममा प्रहरी चौकी बथनाहाका प्रमुख प्रहरी सहायक निरीक्षक राम अयोध्या साह, समाजसेवी नवीन कुमार यादव, शान्ति यादव,धर्मी सदा लगायत स्थानीय भरभलादमीहरुकाे उपस्थिति रहेको थियोे।
प्रकाशित मिति: २०२६-०४-१७ , समय : ०८:२०:५८ , 3 hours अगाडि