नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव मण्डल धर्नामा

मिति: २०२६-०४-२२ , समय : १८:२०:५३ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीभित्र देखिएको विवाद र असन्तुष्टिका बीच सह–सचिव कृष्ण कुमार मण्डल धानुकले धर्नामा बसेका छन् । महासंघभित्र बेथिति, मनोमानी, दमन र अपारदर्शिताविरुद्ध आवाज उठाउँदै उहाँले विभिन्न माग अधि सार्दै धर्नामा बसेका हुन् ।
घोषित माग अनुसार मण्डलले सचिव पदसम्बन्धी अन्योल तत्काल अन्त्य गरी औपचारिक निर्णय सार्वजनिक गर्नुपर्ने, नयाँ सदस्यता वितरण पारदर्शी र मापदण्डअनुसार गर्नुपर्ने, तथा सल्लाहकारहरूको नाम आधिकारिक रूपमा बोर्डमा समावेश गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, पत्रकारहरूको हकहित, सुरक्षा र क्षमता विकासका ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने, आर्थिक गतिविधि तथा आय–व्ययसम्बन्धी सम्पूर्ण प्रक्रिया सार्वजनिक गर्नुपर्ने, साधारण सभा तथा सदस्यता नवीकरण नियमित गर्नुपर्ने मागसमेत अघि सारिएको छ। उहाँले नेतृत्वको कमजोरीबारे स्पष्ट सार्वजनिक जवाफ दिन र विधानको अक्षरशः पालना गर्न पनि जोड दिएका छन् ।
मण्डलले के नेतृत्वले काम नगर्दा प्रश्न उठाउन पाइँदैन ? के अध्यक्षका सबै निर्णय नै संगठनका निर्णय हुन्छन् ? के निर्णयको विरोध गर्नु संगठनकै विरोध हो ? उहाँले महासंघभित्र लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे बहस आवश्यक रहेको संकेत गरेका छन् । मण्डलले आफ्नो मागहरू सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०२६-०४-२२ , समय : १८:२०:५३ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित