बालेन सरकारकाे प्रभाव : सप्तरीको ऐतिहासिक चन्द्रनहर आसपासको अतिक्रमित जग्गा पनि खाली गराउने तयारी

मिति: २०२६-०४-२५ , समय : २१:५१:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सप्तरी ।
सप्तरीको ऐतिहासिक चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले तयारी शुरु गरेको जनाएको छ ।
सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्र नहरको हेडबाँधमा सरोकारवालाहरूको हालै बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल भएको हो ।
उक्त बैठकले पहिलो चरणमा चन्द्रनहरको डिलको क्षेत्र भित्र पर्ने पहिचान भएका १२६ घरटहरा भत्काउने भएको छ ।
कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले गत चैत १६ गते सार्वजनिक सूचना जारी सात दिनभित्र जग्गा खाली आह्वान गरेको थियो । सो सूचनाअनुसार अतिक्रमण नहटेपछि कार्यालयले सरोकारवालासहितको बैठक बोलाएको हो ।
कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले नहर क्षेत्रमा बसेकामध्ये वास्तविक सुकुमवासी पहिचान गर्ने र १५ दिनभित्र उपयुक्त जग्गा छनौट गर्ने जिम्मा सप्तकोशी नगरपालिकालाई दिइएको छ ।
उक्त बैठकमा सप्तरी–१ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सप्तकोशी नगरपालिका मेयर कृष्ण ढकाल, चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण महात्मान यादवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २०२६-०४-२५ , समय : २१:५१:२० , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित