सप्तरीमा अपहरण तथा शरीर बन्धक कसुरमा सामाजिक अभियान्ता माे.मुस्तकिम मिँया पक्राउ
मिति: २०२६-०५-११ , समय : २३:२१:१८ , गामघर डेस्क
मिति: २०२६-०५-११ , समय : २३:२१:१८ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
सप्तरीमा अपहरण शरीर बन्धक र अपमानजनक व्यवहार कसुर मुद्दामा एक युवक पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका वडा न.१ घरभई हाल राजविराज नगरपालिका ३ का २७ वर्षिय मुस्तकिम मिँया सोमबार पक्राउ परेका हुन् ।
पीडितको किटानी जाहेरी अनुसार पक्राउ परेका मिँया समेतले अपहरण गरि एकान्त ठाउँमा लगि शरीर बन्धक बनाई डरत्रास देखाई कुटपिट गरि जोर– जबर्जस्ती गरेको आरोप छ । शरीरको कपडा खोली नांगो बनाई भिडियो समेत बनाएर यातना दिएको पीडितले जाहेरी दिएपछि खोजतलास गर्ने क्रममा मिँयालाई राजविराज ८ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अदालतबाट पक्राउ पुर्जी दिई रितपूर्वक उहाँलाई पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत सप्तरी जिल्ला अदालत राजविराजबाट अपहरण शरीर बन्धक र अपमानजनक व्यवहार कसुर मुद्दामा ७ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०५-११ , समय : २३:२१:१८ , 3 hours अगाडि