सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा चौधरीको पद बहाली हुने
मिति: २०२६-०५-१३ , समय : २१:४९:५३ , गामघर डेस्क
मिति: २०२६-०५-१३ , समय : २१:४९:५३ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको अध्यक्ष दिनानाथ चौधरीको पुनः पद वहाली हुने भएको छ । उच्च अदालत जनकपुर– राजविराज इजलासले बुधबार चौधरीको पक्षमा फैसला गरेपछि पद बहाली हुने भएको हो ।
पद बहाली गरिपाउँ भनि उच्च अदालत जनकपुर– राजविराजमा गरेको रिटमा सुनुवाइ गर्दै अध्यक्ष चौधरीको पक्षमा फैसला भएको कानून व्यवसायी दुर्गानन्द चौधरीले जानकारी दिनु भयो । फैसलाको पूर्वपाठ २÷ ३ दिन भित्र आए पछि अध्यक्ष चौधरीले पद बहाली गर्ने भएको छ ।
अध्यक्ष चौधरीले राजिनामा दिएको दाबी गर्दै उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई बहुमत कार्यपालिका सदस्यले कार्यबाहक तोकेपछि अध्यक्ष चौधरीको पद निष्क्रिय भएको थियो । कार्यपालिका बैठकको निर्णय बदर माग दाबी गरि यसअघि अध्यक्ष चौधरीले गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपाध्यक्ष कल्पना कुमारी चौधरीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : २१:४९:५३ , 4 hours अगाडि