सप्तरीको राजविराजस्थित लालीगुराँस बाल क्लबद्वारा बृहत् सांस्कृतिक कार्यक्रम
मिति: २०२६-११-०७ , समय : १२:५०:३६ , गामघर डेस्क
मिति: २०२६-११-०७ , समय : १२:५०:३६ , गामघर डेस्क
तस्बिर : अजय परियारको सहयोगमा
गामघर डेस्क
सप्तरी ।
सप्तरीकाे राजविराज स्थित लालीगुराँस बाल क्लबको आयोजनामा लालीगुराँस सेकेन्डरी स्कुलको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी तथा बालबालिकाहरूले विभिन्न जातजाति, भाषा, संस्कृति र परम्परा झल्किने सांस्कृतिक नृत्य, गायन तथा अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्नु, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक एकताको भावना विकास गर्नु रहेको क्लबका संयोजक तथा विद्यालय प्राध्यापक दिनेश कुमार शाहको भनाइ थियो । 
कार्यक्रममा विभिन्न अतिथि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए। 
उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी, अभिभावक, शिक्षक तथा सहभागीहरूलाई लालीगुराँस बाल क्लबका अध्यक्ष शिव प्रकाश यादवले धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: २०२६-११-०७ , समय : १२:५०:३६ , 9 hours अगाडि