जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुरुङ्गालाई

मिति: २०२६-०५-२५ , समय : ०७:१४:५५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

फत्तेपुर ।
जिल्ला खेलकुद बिकास समिती सप्तरीको आयोजना तथा सप्तकोसी नगरपालिकाको सह आयोजामा सप्तकोसी नगरपालिकामा संचालित १६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सुरुङ्गा नगरपालिकाले हात पारेको छ । सप्तकोसी नगरपालिका ८ स्थित नन्द उमा पब्लिक माबि ओद्राहाको खेलमैदानमा आइतबार सम्पन्न भएको प्रतियोगितामा १७ स्वर्ण सहित सुरुङ्गा नगरपालिकाले पहिलो स्थान हाँसिल गरेको हो ।
प्रतियोगितामा८ स्वर्ण सहित सप्तकोसी नगरपालिका दोस्रो र ३ स्वर्ण सहित बोदेबर्साइन नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन ।
जेठ ८,गतेदेखि१० गते सम्म सन्चालन गरिएको प्रतियोगितामा बिजयी पालिकाका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकाल,कार्यक्रमकी बिशिष्ट अतिथी सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरी तथा सप्तकोसी नगरपालिकाकी नगर उप प्रमुख रिता चौधरीले पुरुस्कार बितरण गरेका थिए ।
‘खेली मधेस जिति मधेस’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा सप्तरीका ५ वटा पालिकाले भाग लिएका थिए।
साे समापन समारोहमा जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख टन्क प्रसाद मन्डल,सप्तकोसी नगरपालिकाका शिक्षा शाखा प्रमुख जय प्रकाश चौधरी ,सुरुङ्गा नगरपालिकाका शिक्षा अधिकृत धन बहादुर पुलामी मगर,खेल प्रशिक्षक सन्जय जोशी,उमेश गुरुङ,सन्जय परियार ,सिताराम चौधरी ,जिल्ला एथलेटिक्स संघका अध्यक्ष देबकान्त चौधरी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता सम्पन्न संगै खेलाडिहरु भोलि सोमवारदेखि जनकपुरमा हुने मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने सप्तकोसी नगरपालिका नगर खेलकुद तथा शिक्षा प्रमुख जय प्रकाश चौधरीले बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०५-२५ , समय : ०७:१४:५५ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित