मधेस प्रदेशको सिराहामा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
मिति: २०२६-०६-०७ , समय : १०:०४:११ , गामघर डेस्क
मिति: २०२६-०६-०७ , समय : १०:०४:११ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
सिराहा । मधेस प्रदेश स्थित जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन। गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ती उपकरणहरूलाई प्रशासनले हालै काम नलाग्ने गरी नष्ट गरेको हो । जफत गरिएका सामग्रीहरूमा ७ थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड फोन र ५ थान स्मार्ट घडी रहेका थिए, जसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । 
प्रशासनको यो कदमलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला संयुक्त विद्यार्थी संगठनले कडा विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । संगठनले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य मागसहित आगामी जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । विद्यार्थीको सम्पत्तिमाथि दमन गरिएको र विना कुनै कानुनी आधार करोडौँको सम्पत्ति नष्ट गरिएको भन्दै विद्यार्थी संगठनहरूले न्याय र उचित क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
प्रकाशित मिति: २०२६-०६-०७ , समय : १०:०४:११ , 4 hours अगाडि