सप्तरीमा झाडु जूलूस प्रदर्शन : राजविराजबासीहरुलाई विना शर्त लालपुर्जा दिनुपर्ने माग

मिति: २०२६-०६-०७ , समय : २२:०३:४५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजबासीले लालपुर्जा माग अघि सार्दै विभिन्न स्तरको संघर्ष गर्दै आईतवार झाडु जुलुस प्रदर्शन गरेको छ । ‘लालपुर्जा दिनै पर्छ’ सम्पूर्ण नगरबासि एक हौ’ भन्ने नारा लगाउँदै नगरको विभिन्न भागमा यहाँ झाडु जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिकाको कार्यालयबाट निस्केको झाडु जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो ।
यसै गरी हलुवाई समाज नेपाल लगायतका विभिन्न संघसंस्थाले समेत झाँकीसहित झाडु प्रदर्शन गरी समर्थन जनाएका छन् ।
कोण सभामा बक्ताहरुले राजविराज शहरको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुलाई विना शर्त लालपुर्जा दिनु पर्ने माग गरेका छन ।
सो अवसरमा बक्ताहरुले हकभोगको आधारमा जग्गको स्वमित्व पाउनु पर्ने माग सार्दै संघर्ष समितिले तीनसातादेखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रम गर्दै आएकोले सम्बन्धित निकायहरुले सुनुवाई नगर्दा बाध्य भएर आन्दोलन गर्नु परेको बताइएको छ ।
आन्दोलनकारीले जेठ २९ गतेदेखि अनिश्चितकालीन बजार बन्दसहित नापी कार्यालयसहितमा समेत तालाबन्दी गरी आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
१९९८ सालदेखि विटौरी जग्गामा बसोबास गर्दै आएका नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिनु भयो । हकभोगको आधारमा विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग राखी ३ सातादेखि विभिन्न स्वरुपको चरणबद्व आन्दोलन हुदै आएको छ ।
आन्दोलनरत नगरबासीको आन्दोलनलाई सप्तरी उधोग बाणिज्य संघलगायतका दर्जनौं संघसंस्था तथा राजनीतिक दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै एक्यवद्धता जनाएको छ ।

प्रकाशित मिति: २०२६-०६-०७ , समय : २२:०३:४५ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित