नेपाली कम्युनिस्ट पार्टी सप्तरीमा नयाँ नेतृत्व चयन : जिल्ला इन्चार्जमा सुर्यनाथ प्रसाद यादव
मिति: २०२६-०७-०५ , समय : ०८:०६:१३ , गामघर डेस्क
मिति: २०२६-०७-०५ , समय : ०८:०६:१३ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले मधेस प्रदेशका जिल्ला समितिहरूमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक तथा सह–संयोजकको कार्यविभाजन गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट असार २० गते जारी पत्रअनुसार प्रदेशबाट प्राप्त सिफारिसका आधारमा मधेस प्रदेशका विभिन्न जिल्ला समितिमा जिम्मेवारी बाँडफाँट गरिएको हो। सो निर्णय कार्यान्वयन गर्न सम्बन्धित समितिलाई निर्देशन समेत दिइएको छ।
निर्णयअनुसार मधेस प्रदेशका सह–संयोजकमा गोविन्द चौपाने र क्षेत्रबहादुर श्रेष्ठलाई थप जिम्मेवारी दिइएको छ।
यस्तै, सप्तरी जिल्ला समितिको इन्चार्जमा सुर्यनाथ प्रसाद यादव, सह–इन्चार्जमा उषा पोखरेल, संयोजकमा प्रताप नारायण चौधरी तथा सह–संयोजकमा अनिलकुमार साह र जिवछ यादवलाई जिम्मेवारी तोकिएको पत्रमा उल्लेख छ।
यस्तै सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा पनि इन्चार्ज, सह–इन्चार्ज, संयोजक तथा सह–संयोजकहरूको जिम्मेवारी तोकिएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित उक्त निर्णय तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्रकाशित मिति: २०२६-०७-०५ , समय : ०८:०६:१३ , 4 hours अगाडि