सुनसरीको कप्तानगञ्ज घटना विरुद्धमा एक घण्टा चक्काजाम
मिति: २०२६-०७-३० , समय : ०७:४१:१२ , गामघर डेस्क
मिति: २०२६-०७-३० , समय : ०७:४१:१२ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
पकरी ।
सुनसरीको कप्तानगञ्ज घटना विरुद्धमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा न.१ अगाडीमा बुधबार एक घण्टा चक्काजाम गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीय युवाहरूको समूहले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको हो ।
दुई धार्मिक समुदाय वीच उत्पन्न विवाद भड्किन नदिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज ३ का ओमप्रकाश मेहताको मृत्युको घटनाको विरुद्ध भएको आन्दोलनको समर्थनमा विरोध प्रदर्शन गरिएको स्थानीय युवाहरूले बताएको छ । युवाहरुले दिउँसो साढे चार वजेदेखि साढे पाँच बजेसम्म सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको थियो । 
युवाहरूले टायर बालेर विरोध प्रदर्शन गरेपछि हुलाकी राजमार्गको अगाडी सडकखण्डमा एक घण्टा चक्काजाम भएको थियो । आन्दोलनका कारण दर्जनौंको संख्यामा सवारीसाधन सडकमै रोकिएको थियो ।
घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाही गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनपर्ने लगायतका माग सार्दै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो । युवाहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।
प्रकाशित मिति: २०२६-०७-३० , समय : ०७:४१:१२ , 6 hours अगाडि