सामाजिक सद्भाव कायम गर्न सप्तरीको बोदेबरसाइनमा अनिश्चितकालीन कर्फ्यु

मिति: २०२६-०७-३१ , समय : ०६:२०:५६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बोदेबर्साइन नगरपालिका तथा आसपासका क्षेत्रमा कर्फ्यु जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीवार राती १० बजेदेखि लागू हुने गरी अर्को सुचना जारी नभएसम्म कफ्र्यु आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा राती १० वजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम जारी आदेश अनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा तथा घेराउ गर्न पाउने छैनन्। प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
कफ्र्यु आदेश लागू गरिएका बोदेबर्साइन नगरपालिकाका उत्तरतर्फ नेगडा चोक, पूर्वतर्फ हुलाकी राजमागको खडक पुलसम्म, दक्षिणतर्फ मानराजा चोकसम्म तथा पश्चिमतर्फ पृतमपुर चौक,रहेका छन्।
यता प्रशासनले सर्वसाधारण नागरिकलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्न आवश्यक सहयोग पु¥याउन आग्रहसमेत गरेको छ।

प्रकाशित मिति: २०२६-०७-३१ , समय : ०६:२०:५६ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित