सप्तरीमा सवारी दुर्घटना हुदा दुई जना युवकको मृत्यु

मिति: २०२६-०८-०४ , समय : २१:०२:१६ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ स्थित महुवा खोलामा सोमबार राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साे दुर्घटनामा महादेवा गाउँपालिका–१ पकरी राम टोलका अन्दाजी ३७ वर्षीय फैंकन राम र २८ वर्षीय सन्तोष रामको मृत्यु भएको हो ।
तीब्र गतिमा रहेकोे स ०१–००६–प २४९६ नम्बरको मोटरसाइकल पकरीबाट बनौलीतर्फ गइरहेका बैला मोटरसाइकल अनियंत्रित भई पुलमा ठोकिएर दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सप्तरी प्रहरी जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुबैजनाको शव परिक्षण गरि परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०८-०४ , समय : २१:०२:१६ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित