सप्तरीमा खाना पकाउने ग्यासको चरम अभावसंगै कालाेबजारी : सम्बन्धित निकाय बेखबर

मिति: २०२६-०८-०५ , समय : २१:२१:४७ , निकेश शाह

तस्बिर : निकेश शाह / गामघर टिभि

निकेश शाह

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिकासहित जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव हुन थालेको छ । सुनसरीको कप्तानगञ्ज गोलीकाण्ड पछि हप्तौं सम्म भएको आमहड्तालको प्रभावले खाना पकाउने ग्यासको अभाव सिर्जना भएको हो ।
सप्तरीको सदरमुकाम राजविराजसहितको स्थानमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन कठिन भएपछि स्थानीय उपभोक्ताहरू निकै मारमा परेका छन्।
बुधबार बिहानैदेखि रूपनगर चोकमा ग्यास सिलिन्डर लिनका लागि सर्वसाधारणको लामो लाइन लागेको छ। दैनिक भान्सा चलाउनै धौ-धौ भएपछि उपभोक्ताहरू एकाबिहानैदेखि रित्तो सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएका हुन्।
स्थानीय उपभोक्ताहरूका अनुसार बजारमा लामो समयदेखि माग अनुसारको ग्यास आपूर्ति हुन सकेको छैन। “बिहान उज्यालो नहुँदै लाइनमा बस्न आएका हौं, तर ग्यास पाइने हो कि होइन अझै निश्चित छैन,” एक स्थानीयले गुनासो गरे।
चाडपर्व तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधका कारण बजारमा ग्यासको अभाव चर्किएको व्यवसायीहरू बताउँछन्। यता सर्वसाधारणले भने आपूर्ति प्रणालीलाई सहज बनाउन स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग जोडदार माग गरेका छन्।

प्रकाशित मिति: २०२६-०८-०५ , समय : २१:२१:४७ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित