हरितालिका तीज आज : मिथिलान्चलमा चौठचन्द्र पर्व मनाउँदै
मिति: २०२६-०९-१४ , समय : ०८:१५:२८ , शुभ नारायण यादव
मिति: २०२६-०९-१४ , समय : ०८:१५:२८ , शुभ नारायण यादव
तस्बिर : मन्जु यादवकाे फेसबुकवालबाट
शुभ नारायण यादव
काठमाडौं । नेपाली हिन्दु नारीको महान् पर्व हरितालिका तीज आज सोमबार देशभर हर्षोल्लासका साथ मनाइँदै छ भने सप्तरी सहित मिथिलान्चलमा चौठचन्द्र पर्व मनाउँदै छन। मिथिलाञ्चल क्षेत्रमा मनाइने ‘चौरचन’ (वा चौठचन्द्र / चौठी चान) पर्व लोकसंस्कृति, प्रकृतिपूजन, र आपसी सद्भावको एक अद्वितीय प्रतीक हो। मधेसी समुदायमा यसलाई छठ पछिको दोस्रो ठूलो पर्वका रूपमा लिइन्छ। यो पर्व मुख्य रूपमा चन्द्रमा र भगवान गणेशको पूजाआराधना गरी मनाउने गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेषगरी विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार र निर्जला व्रत बस्ने परम्परा छ।
तीजको मुख्य दिन व्रत बस्नका लागि नारीले आइतबार शक्ति सञ्चयका लागि मीठा तथा आडिला परिकार ‘दर’ का रूपमा खाएका छन्। दर खाएसँगै चार दिनसम्म चल्ने तीज पर्वको औपचारिक सुरुवात भइसकेको छ।पशुपतिनाथलगायतका शिवालयमा विशेष व्यवस्था तीजका अवसरमा काठमाडौंको ऐतिहासिक पशुपतिनाथ मन्दिरलगायत देशभरका प्रमुख शिवालयमा बिहानैदेखि व्रतालुको भिड लाग्ने गर्दछ।

पशुपति क्षेत्र विकास कोषका अनुसार व्रतालुलाई सहजरूपमा दर्शन गराउन सुरक्षा, स्वास्थ्य शिविर, खानेपानी र लाइनको उचित व्यवस्थापन मिलाइएको छ। भक्तजनको भिडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ। 
सांस्कृतिक महत्त्व र मौलिकताको खोजी सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेको र सोही दिन शिवजी प्रकट भई मनोकांक्षा पूरा गरिदिएको धार्मिक विश्वासका आधारमा तीज मनाउने चलन छ। संस्कृत भाषाको ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) मिलेर हरितालिका शब्द बनेको हो, जसको अर्थ साथीहरूद्वारा हरण गरिएकी पार्वतीले शिवलाई पाउन गरेको व्रत भन्ने बुझिन्छ।पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडकभडक र महँगो प्रदर्शनप्रति संस्कृतिविद्हरूले भने केही चिन्ता व्यक्त गरेका छन्।तीजको वास्तविक सौन्दर्य महँगा गरगहना वा भड्किलो फेसनमा नभई दिदीबहिनीबिचको आत्मीयता, सुखदुःख साटासाट र मौलिक संस्कृति संरक्षणमा हुनुपर्ने संस्कृतिविद्हरूको जोड छ।तीजका अवसरमा सरकारले महिला कर्मचारीका लागि विशेष बिदा दिने गरेको छ।
प्रकाशित मिति: २०२६-०९-१४ , समय : ०८:१५:२८ , 3 hours अगाडि