सप्तरीमा चट्याङ लागेर बुबा छोरीको मृत्यु , एक जना घाइते

मिति: २०२६-०९-१६ , समय : ०७:१५:३७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु एक जना घाइते भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न.१० खडगपुर अमरैयामा मंगलबार चट्याङ लागेर एक महिला र एक पुरुषको मृत्यु भएको छ । अमरैयाका ४५वर्षिय भोला प्रसाद साह र छोरी १५ वर्षिया मधु कुमारी साहको बिहान ८ वजेको समयमा खेत तर्फ जाने बैला भीषण वर्षासँगै खसेको चट्याङ लागेर बुबा छोरीको मृत्यु भएको हो ।
यसैगरी जिल्लाको कञ्चनरुप नगरपालिका–११ भुवनपट्टीमा मंगलबार चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । बिहान भीषण वर्षासँगै खसेको चट्याङ लागेर ४५ वर्षीया दुख्नी देवी विश्वकर्मा घाइते भएकी हुन् ।
अचानक चट्याङ खस्दा आफ्नै घरअगाडि सडकमा बसीरहेकी विश्वकर्मा घाइते भएको प्रहरीले जनाएका छन् ।
चट्याङ लागेर गम्भीर घाइते विश्वकर्मालाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीयले अस्पताल पठाएका थिए । उहाँको कञ्चनरुप १२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको तथा अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज धिमिरेले जानकरी दिनु भयो ।वर्षा र चट्याङका बेला खुला स्थानमा नबस्न तथा सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०२६-०९-१६ , समय : ०७:१५:३७ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित