अशान्त बन्दै मधेस : सप्तरीकाे बेल्हीबाट एक जना युवकको अपहरण

मिति: २०२६-०९-१६ , समय : ०७:२२:५७ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा न.४ बेल्हीका एक जना युवक अपहरणमा परेका छन् । घरमा ६/७ जनाको समूहले २४ वर्षीय अभिनन्द यादवलाई सोमबार मध्यरातमा घरबाट अपहरणमा परेको हो ।
सोमवार राति १२ बजेको समयमा सुतिरहेका बैला यादवलाई अपहरणको शैलीमा नियन्त्रणमा लिएर लगिएको यादव काका अमोद यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
प्रहरीलाई खबर गर्दा पनि नआए पछि आक्रोशित आफन्त र स्थानीयले मंगलबार बेल्ही प्रहरी चौकी घेराउ गरेका छन्। सोमवार राति ६/७ जनाको समूह घरमा आएर परिवारका सदस्यलाई पेस्तोल देखाएर भतिजालाई खपहरण शैलीमा नियन्त्रणमा लिएको उहाँले जानकारी दिनु भयो ।
मंगलबार बिहान आफन्त र स्थानीयवासीले बेल्हीस्थित प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै घेराउ गरेका छन्।
बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई अपहरणको शैलीमा उठाएर लगिनु गम्भीर विषय भएको बताउनु भयो ।
उहाँले अपहरणको शैलीमा उठाएर लगेका अभिनन्दको तत्काल खोजी गरी अवस्थाबारे परिवारलाई जानकारी गराउन सप्तरी प्रहरीसँग आग्रह गरेका छन्।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले युवकको खोजी भइरहेको जानकारी दिनु भयो । उहाँले प्रारम्भिक रूपमा अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर लगेको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको बताउनु भयो ।
प्रहरी नायव उपरीक्षक घिमिरेले भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले लगेको प्रारम्भिक जानकारी आएको बताउनु हुदै , ‘पेस्तोल बोकेर आएको कुरा जानकारी नभएको बताउनु भयो ।
सप्तरी प्रहरीका अनुसार भारतीय पक्षबाट भएको भनिएको अपहरण शैलीमा नियन्त्रणमा लिएको विषयमा थप विवरण प्राप्त गर्न समन्वय भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-१६ , समय : ०७:२२:५७ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित