असुरक्षित बन्दै ईभी : सप्तरीमा ट्यांकरमा इभी कार ठोकिंदा चारजना गम्भीर घाइते

मिति: २०२६-०९-१६ , समय : ११:४५:२६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / सप्तरी

गामघर डेस्क

सप्तरी ।
सप्तरीको पूर्वश्चिम राजमार्गको सुरुङ्गा नगरपालिका–६, श्रीपुर सडकखण्डमा बुधबार ईभी कारले ट्यांकरमा ठक्कर दिँदा चार जना घाइते भएका छन् । आज बुधवार विहान बाक्लो हुस्सु लागेको कारण रोकी राखेको ट्याकरमा इभी कारले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
पूर्व पश्चिम राजमार्गमा बुधवार बिहान पौने ६ बजेतिर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
काठमाडौंबाट झापातर्फ गइरहेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको इभी कारले बिग्रिएर सडकपेटीमा राखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनु भयो ।
प्रहरी नायव उपरीक्षक घिमिरेले दुर्घटनामा कार चालक धादिङको पितले–३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरीको इनरवा–३ का ३० वर्षीय ओशिम खान र ब्राहक्षेत्र–९ का २५ वर्षीय मोहन कविरथ र झापाको भरपुर–७ का २८ वर्षीय पवन राई घाइते भएको जानकारी दिनु भयो ।
यता दुर्घटनामा घाइते भएका चारै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ भने सबैको स्वास्थ्य अवस्था समान्य रहेको सप्तरी प्रहरीले जनाएको छ । दुर्घटना ग्रस्त दुबै सवारी साधन प्रहरी नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०९-१६ , समय : ११:४५:२६ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित