सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यविभाजन रणनीति तयार

मिति: २०२६-०९-१७ , समय : १२:५६:४२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सेवा सुधार गर्न असोज १ गतेदेखि कार्यविभाजन रणनीति सुरू भएको छ । अस्पतालमा बुधबार बसेको कर्मचारी बैठकले अस्पतालमा सेवा सुधारका लागि नयाँ रणनीति अवलम्बन गर्ने निर्णय भएको हो । अस्पतालहा मेसु डा.रंजितकुमार झाका अनुसार अस्पतालमा ओपीडी अगाडि हेल्प डेस्क स्थापनादेखि चिकित्सकहरूको ड्युटी समेत निर्धारण गरेको जानकारी दिनु भयो । उहाँले गाइने वार्डमा २४ घण्टा चिकित्सक सेवादेखि राउण्ड तथा अनकल डाक्टरको समेत ड्युटी मिलान गरिएको बताउनु भयो ।
मेसु डा.झाले अस्पतालमा रहेको समिति जनशक्तिलाई परिचालन गर्दै सहज रुपमा सेवाको लागि इमर्जेन्सी, ओपीडी र गाइने वार्डको चिकित्सक तथा पारामेडिक्सको ड्युटी रणनीति तयार गरिएको बताउनु भयो ।
अस्पतालमा दैनिकी सबै विभागका उपलब्ध चिकित्सकले ओपीडी सेवा तथा राउण्ड लिने कर्मचारीको जिम्मेवारी समेत मिलाइएको उहाँले बताउनु भयो । त्यस्तै इमर्जेन्सीमा २४ घण्टा मेडिकल अधिकृतको ड्युटी रह्ने व्यवस्था गरिएको छ भने बिहान साढे ९ बजेदेखि ११ बजेसम्म र २ बजेदेखि ३ बजेसम्म मेसु आफै पनि ओपीडीमा बस्ने निर्णय गरिएको छ।
गर्भवती महिलाको लागि निः शुल्क ल्याब जाँचको व्यवस्था गरिएको छ । १५ दिन भित्र फार्मेसी, ल्याब, प्रशासन, स्टोर सम्बन्धमा समेत रणनीति तयार गरिने मेसु झाले बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०९-१७ , समय : १२:५६:४२ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्