सप्तरीबाट झण्डै एकाइस क्वीन्टल गाँजासहित दुई जना पक्राउ

मिति: २०२६-०९-२० , समय : २०:४९:२० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ फतेपुरबाट २१ क्वीन्टल गाँजासहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेका छन् । डाक्नेश्वरी नगरपालिका वडा न.६ फतेपुरका भोला सदा र मंगल मुखियालाई प्रहरीले पक्राउ गरेका हो ।
डाक्नेश्वरी न.पा.–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २१ क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा आइतबार राती १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार साह नेतृत्वको टोलीले सदा र मुखियाको घरमा खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका, अन्दाजी २१ सय केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनु भयो ।
उहाँले बरामद गाँजा र दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको तथा यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०९-२० , समय : २०:४९:२० , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित