सप्तरीमा टिपरमा मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

मिति: २०२६-१०-०३ , समय : ०८:२५:१४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिका वडा न. ६ बिरेन्द्र बजारमा शुक्रबार पूर्वपश्चिम राजमार्गमा टिपरमा मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्थानीय ३३ वर्षिय श्यामसुन्दर चौधरीको मृत्यु भएको हो ।
पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको म.प्र. ०१–००१क ०२९६ नम्बरको टिपरको पछाडीको भागमा सोही दिशाबाट तीब्र गतिमा आईरहेको म.प्र. ०१–००४प ३२१६ नं.को मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल .चालक चौधरीको प्रहरीले उद्वार गरी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाएको थियो । घाईते चौधरीको उपचारको क्रममा चेकजाच गर्दा ३ वजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रहेको तथा आवश्यक प्रक्रिया पुरा गरि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकलको.पछाडी सवार सप्तकोशी नगरपालिका २ पर्साहाका १५ वर्षिया सुलेखा चौधरी गम्भीर घाइते भएकी छन् । टाउको,हात र अनुहारमा चोट लागेको उहाँको रायपुर स्थित युनिक अस्पतालमा उपचार भईरहेको तथा अबस्था गम्भिर रहेको सप्तरीका प्रहरी प्रबक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले बताउनु भयो ।
सोही दुर्घटनामा रुपनी गाउँपालिका ६ की १८ वर्षिया अर्पिता चौधरी समेत घाइते भएकी छन् । उहाँ सामान्य उपचार पछि घरमै रहेको तथा उहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनु भयो ।
यता दुर्घटनाग्रस्त मोटरसाइकल र टिपर तथा चालक जिल्ला सिरहा गोलबजार नगरपालिका वडा न. १० का ३३ वर्षिय दिपक बहादुर बि.क.लाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-१०-०३ , समय : ०८:२५:१४ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित