सप्तरी जिल्ला अदालतकाे लेखापढी व्यवसायी परीक्षामा व्यापक अनियमितता भएको खुलासा
मिति: २०२६-१०-०३ , समय : ०८:३३:०० , गामघर डेस्क
मिति: २०२६-१०-०३ , समय : ०८:३३:०० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । सप्तरी जिल्ला अदालत बार इकाइ, कार्यसमितिले लेखापढी व्यवसायी परीक्षामा अनियमितता भएको आरोप छ ।
बार इकाइका पूर्वअध्यक्षद्वय रामप्रसाद चौधरी र कृपानन्द यादवले शुक्रबार बार इकाइ परिसरमा पत्रकार सम्मेलन गर्दै परीक्षामा आर्थिक कारोबार पारदर्शी नभएको आरोप लगाएका हुन् ।
पूर्वअध्यक्षद्वयले वर्तमान कार्यसमितिका अध्यक्ष कामेश्वर यादव, सचिव रामएकवाल यादव र कोषाध्यक्ष निलमकुमारी यादवमाथि २३ लाख रुपैयाँभन्दा बढी रकमको हिसाब–किताब स्पष्ट नगरेको आरोप लगाउँदै परीक्षा सञ्चालनसँग सम्बन्धित आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
विगतदेखि नै साधारणसभा बोलाउन, आर्थिक हिसाब प्रस्तुत गर्न तथा लेखापरीक्षणलगायतका विषयमा विवाद र प्रश्न उठ्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लेखापढी व्यवसायी परीक्षार्थीबाट शुल्क संकलनको पूर्ण हिसाब सार्वजनिक नगरिएको विज्ञप्तिमा दाबी गरिएको छ ।
पूर्वअध्यक्षद्वयले बार इकाइको आर्थिक कारोबारबारे स्वतन्त्र छानबिन गर्न तथा सम्बन्धित कागजात सार्वजनिक गर्न माग गरेका छन्।
यस वारेमा वर्तमान अध्यक्ष कामेश्वर यादवले पूर्वअध्यक्षद्वयले आफुहरु माथी लगाएको आरोप निराधार रहेको प्रतिक्रिया दिनु भयो ।
प्रकाशित मिति: २०२६-१०-०३ , समय : ०८:३३:०० , 2 hours अगाडि