मधेस प्रदेश : अबैध लागूऔषधसहित दुईजना युवक पक्राउ
मिति: २०२३-०८-२० , समय : १८:३६:२२ , गामघर डेस्क
मिति: २०२३-०८-२० , समय : १८:३६:२२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याब्लेटसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो करिब २ बजेको समयमा सवारी साधन तथा संकित मानिसहरुलाई चेक जाँच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ७४६६ नम्बरकोको मोटरसाईकलमा सवार दुईजनालाई नाइट्रोभेट ट्याब्लेट ३ हजार पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १६ गंगापुर टोल बस्ने ३० वर्षीय प्रमोद मण्डल र हरिपुर नगरपालिका वडा नंं. १ बस्ने ३० वर्षीय अर्जुण कुमार यादब रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०८-२० , समय : १८:३६:२२ , 2 years अगाडि