सप्तरीको कंचनपुर रोडको अतिक्रमण २० दिन वितिसक्दा पनि हटेन…
मिति: २०२३-०८-३१ , समय : १९:२९:०२ , गामघर डेस्क
मिति: २०२३-०८-३१ , समय : १९:२९:०२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज नगरपालिकाको कंचनपुर रोडको अतिक्रमण विगत २० दिन वितिसक्दा पनि हटेको छैनन ।
अतिक्रमित जग्गा खाली गराउन राजविराज नगरपालिकाले गत साउन २६ गते हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा पटक -पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको नक्साकंनमा कंचनपृुर रोडको ९/९ मिटर दायाँ बायाँ अतिक्रमित जग्गा खाली गराउन सात दिने जारी गरेको आज २० अाे दिन विति सक्दा पनि संरचना नहटाएको स्थानिय बताउँछन । नगरपालिका प्रवक्ता तथा वडा ८ का वडाध्यक्ष जय नारायण मण्डलका अनुसार अतिक्रमणमा परेको भौतिक संरचना आफैले हटाउने समय मागं गरेकोले सो सिमा भित्र भौतिक संरचना नहटाएमा डोजर प्रयोग गरेर हटाउने बताउनु भयो ।
डोजर लगाएर भत्काउन सूरु गरिएपछि स्थानीयको भौतिक संरचनामा बढी क्षेती हुने देखिए पछि केही समय दिएको उहाँले बताउनु भयो । हुलाकी सडक निर्माणका लागी राजविराजको वडा नं ६ र ७, कंचनपुर रोड, राजरंगशाला भएर सिरहा रोड छुने गरी नक्साकंन भएको छ । सोही अनुसार कामलाई गति प्रदान गर्न अवैध भौतिक संरचनामा डोजर चलाइएको कार्यवाहक नगर प्रमखु परवीनले बताइन । उहाँले हुलाकी मार्गको नक्साकंनमा परेको कंचनपृुर रोडको दायाँ बायाँ समेत अतिक्रमित जग्गा खाली गराए पछि बर्खायामको समय सकिने वितिकै सडकको वाँकी निर्माण सकिने बताइन ।
विकास निर्माण कार्यमा कोही पनि बाधक बन्न नहुने जिकीर गर्दै उहाँले केही समय पछि राजविराज हटिया प्रवेश गर्ने भित्री सडक तथा राजविराज कारागार क्षेत्र वरीपरीको अतिक्रमण खाली गराउने जानकारी दिइन । यता हुलाकी मार्ग फराकिलो तथा हटिया बजार र कारागारलाई व्यवस्थित बनाउन उक्त कदम चालिएको उहाँको भनाई छ ।
प्रकाशित मिति: २०२३-०८-३१ , समय : १९:२९:०२ , 2 years अगाडि