वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

मिति: २०२३-११-०६ , समय : ०७:५७:५२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ ।

गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएकाे दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेकाे प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा अत्यन्तै घातक मानिनेमा दिल्लीको वायुको एक्यूआई केही दिनदेखि लगातार चार सयभन्दा माथि रहेको छ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई धुवाँले ढाक्ने गर्छ । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । एजेन्सी

प्रकाशित मिति: २०२३-११-०६ , समय : ०७:५७:५२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित