कोशी प्रदेश : सुनसरीको इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ
मिति: २०२४-०५-२८ , समय : ०८:०५:४३ , गामघर डेस्क
मिति: २०२४-०५-२८ , समय : ०८:०५:४३ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशको सुनसरीकाे इनरुवा नगरपालिका वडा न.३ बाट गाई—गारु काट्ने समूह मध्ये एक जनालाई पक्राउ गरिएको छ । पटकपटक इनरुवाकाे साेमबारे हाटमा गाई—गारु काट्ने र रागांकाे मासु भन्दै बेचेको गुनासोका बिच साेमबार विहान एकजनालाई रङेहात पक्राउ गरिएको हो ।
जिल्लामा कृयाशित पत्रकार गणेश कुमार यादबको पहल र सूचना तथा प्रहरीकाे सकृयतामा गाई—गोरुलाई काटेर राँगाको मासु भन्दै बिक्री गर्ने समूहका फेकु माेहमदलाई इनरुवाबाट रङेहात पक्राउ गरेको छ । पक्राउ अघि फाेटाे खिच्ने क्रममा पत्रकार यादवलाई खुकुरी प्रहार भएकाे थियो । खुकुरी लाग्नबाट बच्ने बितिक्कै एकजनाले हातमा दाँतले टोकेर शरिरमा घाइते बनाउने प्रयास भएको छ । सुनसरी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले घटनाको जानकारी आएलगत्तै मासु र एकजनालाई रगेंहात पक्राउ गरि अनुसंधान थालेको र थपकाे खाेजि कार्य भईरहेकाे प्रतिक्रिया दिनुभयो ।
प्रकाशित मिति: २०२४-०५-२८ , समय : ०८:०५:४३ , 1 year अगाडि