काेशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरियाे

मिति: २०२४-०७-२६ , समय : १९:४६:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताउँदै आउनुभएको थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीले बनाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेको भन्दै तत्काल समर्थन फिर्ता नलिने बताउनुभएको छ ।

प्रकाशित मिति: २०२४-०७-२६ , समय : १९:४६:४५ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित