पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्यो : भारतीय सेना
भारत–पाकिस्तानको युद्ध रोक्न साउदी सरकारको भ्रमण
मिति: २०२५-०५-१० , समय : १३:०४:१० , गामघर डेस्क
मिति: २०२५-०५-१० , समय : १३:०४:१० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौ । भारतीय सेनाले पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गरेको बताएको छ।शनिबार पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले मध्यरातमा पाकिस्तानले सीमामा भारतसँग बदला लिने गरेको कारबाहीका बारेमा जानकारी दिएकी थिईन् ।उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो। जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।’कर्नेल कुरेशीले पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीलाई क्षति पुर्याएको बताइन्।
उनले बिहान १ः४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको जानकारी दिइन्। भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको उनले बताइन्।
भारत र पाकिस्तानबीच जारी तनावबीच लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाका कर्णेल सोफिया कुरेशी र भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका हुन्।
पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यको जवाफ दिएको छ।’भारतको यो भनाइमाथि पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन ।
यता साउदी अरेबिया सरकारकले आफ्ना विदेश राज्यमन्त्रीको भारत र पाकिस्तानको भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु रहेको बताएका छन् ।उनले दुई देशको द्धन्द्ध संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नको लागि भ्रमणको उद्देश्य रहेको स्पष्ट पारेका थिए ।
विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री अदेल अल–जुबैरको भारत र पाकिस्तान भ्रमणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरेबियाको नेतृत्वको निर्देशनमा विदेश राज्यमन्त्री तथा जलवायु दूत अदेल अल–जुबैरले मे ८ र ९, २०२५ को बीचमा भारत र पाकिस्तानको भ्रमण गर्नुभयो । यो भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु र संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नु रहेको थियो ।’भारत भ्रमणका क्रममा साउदीका विदेश राज्यमन्त्री अल–जुबैरले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका थिए ।
यसअघि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी भ्रमणमा गएका बेला जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । त्यसलगत्तै मोदी भ्रमण छोट्याएर फर्किएका थिए ।हिन्दू पहिचान भएका पर्यटकलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको हत्या गरिएको थियो ।साउदीका विदेशमन्त्री अल–जुबैरले मे ८ र ९ को बीचमा पाकिस्तानको पनि भ्रमण गरेका थिए । एजेन्सि
प्रकाशित मिति: २०२५-०५-१० , समय : १३:०४:१० , 18 hours अगाडि