मधेस प्रदेश : युवतीले डेरामै पुगेर युवकमाथि गरे छुरा प्रहार ,युवक गम्भीर घाइते
मिति: २०२५-०६-१९ , समय : २०:४७:२४ , गामघर डेस्क
मिति: २०२५-०६-१९ , समय : २०:४७:२४ , गामघर डेस्क
गामघर डेस्क
सिरहा ।
मधेस प्रदेशको सिरहाको गोलबजारमा एक युवतीले डेरामै पुगेर युवकमाथि छुरा प्रहार गरेकी छन् ।
युवतीको छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका वडा न.१३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् ।
गोलबजार नगरपालिका ४ मा डेरागरी बसिरहेका उनलाई आज साँझतिर युवती कोठामै पुगेर घाँटीमा छुरा प्रहार गरेको स्थानीयले बताएका छन् ।
गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तराकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले बताए ।
घाँटीमा छुरा प्रहारपछि घाइते युवकको स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुबैजनाबीच प्रेम सम्बन्ध रहेको छ ।
प्रकाशित मिति: २०२५-०६-१९ , समय : २०:४७:२४ , 7 hours अगाडि