समाचारकाे प्रभाव : घुस असुलीको आरोपपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी खतिवडाको सरुवा

जिल्ला प्रहरी कार्यालय सप्तरीकाे नयाँ एसपी गौतम केसीलाई खटाइयाे

मिति: २०२५-०६-२४ , समय : ०६:४४:५८ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ। यस गामघर डटकम सहित विभिन्न सन्चारमाध्यममा उनले खटाएका एक वरिष्ठ सइले चार लाख रुपैयाँ घुस लिँदै गरेको भिडियो र समाचार सार्वजनिक भएपछि उनलाई हटाइएको छ।

एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सइ विश्वनाथ त्रिपाठीमार्फत घुस लिएको प्रारम्भिक छानबिनमा खुलेको छ। पटक-पटक गरेर १० लाख रुपैयाँ लिइएको पीडितको दाबी छ। घटनाको विषयमा छानबिन गर्न एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरिएको छ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीकाे नयाँ एसपी गौतम केसीलाई खटाइएको छ।

प्रकाशित मिति: २०२५-०६-२४ , समय : ०६:४४:५८ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित