इराकमा शपिङ मलमा आगलागी, कम्तीमा ६० जनाकाे मृत्युु
मिति: २०२५-०७-१७ , समय : १७:३२:२१ , गामघर डेस्क
मिति: २०२५-०७-१७ , समय : १७:३२:२१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौ ।
इराकको कुट शहरमा रहेको एउटा शपिङ मलमा भएको आगलागीमा परेर कम्तीमा ६० जनाको ज्यान गएको छ । रातभर भएको आगलागीमा परी अरू थुप्रै हराएका र उनीहरूको खोजी भइरहेको इराकको सरकारी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पाँच दिनअघि मात्रै खोलिएको शपिङ मलको पहिलो तलाबाट शुरू भएको आगोले छिटै मललाई ढाकेको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले आगो निभिसकेकाे र उद्धारकर्मीहरूले हराएकाहरूको खोजी गरिरहेका बीबीसीको खबरमा उल्लेख छ ।
वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले तीन दिनको शोक घोषणा गर्दै घटनाको छानबिन गर्ने बताउनुभएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले बताउनुभयो ।
इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिने भएकोले आगलागीका घटना भइरहन्छन् ।
सन् २०२३ को सेप्टेम्बरमा पनि भीडभाड भएको एउटा विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको थियो । सन् २०२१ काे जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा धेरैकाे ज्यान भएको थियो । एजेन्सी
प्रकाशित मिति: २०२५-०७-१७ , समय : १७:३२:२१ , 11 hours अगाडि