भारतको बिहारमा चट्याङ लागेर ३३ जनाको मृत्युु , दर्जनौं घाइते
मिति: २०२५-०७-१९ , समय : ०९:०५:३९ , गामघर डेस्क
मिति: २०२५-०७-१९ , समय : ०९:०५:३९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
भारतको बिहारमा बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको ज्यान गएको छ ।
चट्याङले लागेर केही घाइते भएका भारतको विपद् व्यवस्थापन विभागले हिजो विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका एएफपीले जनाएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन नागरिकलाई सूचित गर्न निर्देशन दिनुभएको छ ।
पटनाका केही भागमा ठूलो वर्षा र चट्याङको सम्भावना कायमै रहेको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
त्यो क्षेत्रमा सन् २०२३ मा २ सय ७५ र सन् २०२४ मा कम्तीमा २ सय ४३ जनाको चट्याङकै कारण ज्यान गएको थियो । एजेन्सी
प्रकाशित मिति: २०२५-०७-१९ , समय : ०९:०५:३९ , 16 hours अगाडि