नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन

मिति: २०२३-०२-२३ , समय : १३:१०:४२ , गामघर डेस्क

गामघर डेस्क

काठमाण्डाै । नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।

नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिक्नु भएको थियो।

उहाँले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गर्नु भएको छ । सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत हुनुहुन्थ्यो।

उहाँले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति: २०२३-०२-२३ , समय : १३:१०:४२ , 3 years अगाडि