सुझाव संकलनमा मेडिया काउन्सिल : पत्रकारिता पेशालाई मर्यादित, व्यावसायिक र विश्वासिलो बनाउनुपर्नेमा जोड
मिति: २०२५-०८-०४ , समय : २२:४६:०२ , गामघर डेस्क
मिति: २०२५-०८-०४ , समय : २२:४६:०२ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
मधेश प्रदेश सरकार मातहत रहेको मेडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले पत्रकारिता पेशालाई मर्यादित, व्यावसायिक र विश्वासिलो बनाउनुपर्नेमा जोड दिनु भएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रममा उहाँले पत्रकारिता पेसामा टिकाउन पत्रकारको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुहुदै मेडिया काउन्सिलले यस कार्यमा सक्रियरूपमा भूमिका खेल्ने बताउनु भयो ।
उहाँले संचारकर्मीहरूले दिएको सुझावलाई आत्मसात गर्दै मेडियामैत्री बजेटअनुसार वार्षिक कार्यक्रम बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु ब्यक्त गर्नु भयो । कावा अध्यक्ष यादवले वरिष्ठ पत्रकारको सम्मानका लागि पत्रकार कल्याण कोष स्थापना गरिने जानकारी दिनुहुदै कोष यसै वर्षदेखि सञ्चालनमा ल्याउने योजना रहेकाे बताउनु भयो ।
उहाँका अनुसार मधेश प्रदेशमा हालसम्म ६२ वटा अनलाइन मिडिया दर्ता रहेकोले ती मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापनमा जोड्ने कार्यविधि तयार पारिने जानकारी दिनु भयो ।
कार्यक्रममा मेडिया काउन्सिल सदस्य रिंकु मिश्र, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य ललिता साह, पूर्व सञ्चार प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु वैद्यनाथ झा, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव लगायतले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २०२५-०८-०४ , समय : २२:४६:०२ , 3 hours अगाडि