आज श्रीकृष्णजन्माष्टमी : देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

मिति: २०२५-०८-१६ , समय : ०७:३३:०४ , शुभ नारायण यादव

फायल तस्बिर

शुभ नारायण यादव

काठमाण्डौ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।
साेहि अवसरमा सप्तरीको राजविराज स्थित राधाकृष्ण मन्दिरबाट हजारौंको सहभागीतामा बृहत् रथयात्रा निकाल्दै छन । यस्तै साहि अवसरमा सप्तरीको छिन्नमस्ता स्थित बरहि बिरपुर लगायतका विभिन्न स्थानमा कृष्ण भगवानकाे भव्य मुर्ति बनाएर पुजा गरेर कृष्ण जन्मष्टमि मनाउँदै छन ।
यस्तै पाटनको मङ्गलबजारमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि मेला लागेको छ । श्रीकृष्ण मन्दिर रहेका अरु ठाउँमा पनि दर्शनार्थीको घुइँचो छ ।

प्रकाशित मिति: २०२५-०८-१६ , समय : ०७:३३:०४ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित